Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकता वार्ता चलिरहँदा ओली पक्ष धमाधम निर्णय गर्ने, नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राख्दा आपत्ति जनाउने ?


    बिहिबार, साउन २१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । 

    बैठक बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्ने सो पक्षका एक नेताले जानकारी दिए । ती नेताका अनुसार पार्टी विभाजन वा एकतामध्ये कुनै एक बाटो रोज्नुपर्ने बाध्यतामा रहेकोले आज केन्द्रीय समिति बैठक बोलाइएको हो । 

    बिहीबारको बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनर्स्थापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक उक्त पक्षको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। 

    स्रोतका अनुसार आजको बैठकमा आफ्नो पक्षलाई कसरी अघि बढाउने भन्नेबारे छलफल हुने जनाइएको छ । नेपाल पक्षमा एक पक्ष पार्टी एकता र अर्को पक्ष विभाजनको मनस्थितिमा छ । आजको बैठकमा यसबारे ठोस छलफल हुने स्रोतको दाबी छ। 

    तर, पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्षले माधव पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति भने आपत्ति जनाएका छन् । पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले वक्तव्य नै जारी गरेर आजको बैठक अनधिकृत भएको जानकारी दिएका छन् । जबकि एमालेको एकता वार्ता चलिरहँदा अध्यक्ष केपी ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राखी विधान अधिवेशन गर्नेदेखि केन्द्रीय विभागहरु गठन गरिसकेका छन् । तर नेपाल पक्षले एकताकै लागि पहल गर्न र राय बुझ्न आफू पक्षीय केन्द्रीय कमिटी बैठक राख्दा ओली पक्षले आपत्ति जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार