Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरी प्रतिष्ठानकाे जग्गा राष्ट्रपति कार्यालयलाई दिएकाे भन्दै पुर्व महानिरीक्षकहरुकाे आपत्ति


    बुधबार, साउन २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । नेपाल प्रहरीका पुर्व महानिरीक्षकहरुले राष्ट्रिय प्रहरी प्रतिष्ठान जग्गा राष्ट्रपति कार्यालयको लागि दिएकाे भन्दै आपत्ति जनाएका छन् ।

    आज १४ जना पुर्व महानिरीक्षकहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै उक्त जग्गा राष्ट्रपति कार्यालय नदिन माग समेत गरेका छन् ।

    नेपाल प्रहरीका लगभग असी हजार बहालवाला प्रहरी र लाखौंको संख्यामा रहेका पूर्व प्रहरी कर्मचारीहरुको ऐतिहासिक एवं भावनात्मक सम्बन्ध गाँसिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा (१३०-३-०-० रोपनी ) राष्ट्रपति कार्यालयको सुविधा बढाउनका प्रयाेग गरेपछि उक्त जग्गा प्रयाेग नगर्न माग गरिएकाे हाे । 

    तत्कालीन नेपाल सरकारले २०७५/०५/२१ गते गरेको निर्णय अदूरदर्शी,अव्यवहारिक र पूर्णतः अवैज्ञानिक भएकाे भन्दै उक्त मंत्री परिषदको निर्णय खारेज गर्रन माग गरेकाे हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार