काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारसँग आग्रह गरेका छन् ।
राष्ट्रियसभा बैठकको विशेष समयमा प्रवक्ता श्रेष्ठले तथ्यहरुले भारतीय सीमा सुरक्षा बलका व्यक्तिले तुइनको तार काटिदिएका कारण धामी नदीमा बेपत्ता भएको देखाएको दाबी गरे। उनले उक्त घटना अमानवीय र क्रूर भएको भन्दै भत्र्सना पनि गरे ।
“उक्त घटनाका निम्ति भारतले अविलम्ब सार्वजनिक रुपमा क्षमायाचना गर्र्नुपर्छ”, नेता श्रेष्ठले भने, “दोषीमाथि तत्काल कडा कारवाही गर्न र अबका दिनमा यस्तो प्रवृत्ति नदोहाेर्याउन जोडदार माग गर्दछु ।”
उनले उक्त घटनाका सन्दर्भमा नेपाल सरकारले छानबिन समिति बनाएर कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आवश्यक कदम चाल्ने दृढता प्रकट गरेकामा सरकारको सराहना गरे। उनले छानबिन समितिको रिपोर्ट छिटो ल्याई दोषीमाथि कारवाहीका लागि भारत सरकारसँग माग गर्न र पीडित परिवारलाई उचित राहत दिन सरकारसँग माग गरे ।
भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध राख्न चाहेको र सबै समस्या कूटनीतिक ढङ्गबाट सकारात्मकरूपमा समाधान गर्ने पक्षमा रहेको जानकारी गराउँदै नेता श्रेष्ठले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताविरुद्ध हेपाहा व्यवहार कदापि नसहने चेतावनी पनि दिए । “त्यसका निम्ति जे गर्नुपर्छ, सबै गर्न नेपाली जनता तयार छन्”, उनले थपे ।
उनले पटक–पटक सीमामा अतिक्रमण गरिएको र विदेशीको तटबन्ध र बाँधका कारण कतिपय बस्ती डुबानमा परेरिरहेको सन्दर्भ जोड्दै श्रेष्ठले विदेशी हस्तक्षेपविरुद्ध एक हुन पनि राजनीतिक दललाई आग्रह गरे ।
उनले कतिपय असमान सन्धि–सम्झौता लादिरहेको र आन्तरिक मामलामा हस्तक्षेप भइरहेकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै राजनीतिक दललाई आफ्नो स्वार्थका निम्ति विदेशी हस्तक्षेपममा चुप लागेर नबस्न अनुरोध पनि गरे ।
उनले नेपालको प्राकृतिक स्रोत सम्पदा पारस्परिक हितका निम्ति उपयोग गर्नुपर्नेमा विदेशीले आफ्नो हितलाई मात्रै ध्यानमा राखेर स्रोतलाई दमन गरिरहेकोतर्फ ध्यानाकर्षण गराए । उनले त्यस्ता सबै प्रवृत्तिप्रति सचेत हुँदै त्यसविरुद्धको सङ्घर्षलाई सफलतामा पुर्याउने दृढता व्यक्त गरे ।
नेपालमा आन्तरिकरूपमा पार्टीबीच केही विवाद रहेको स्वीकार गर्दै नेता श्रेष्ठले भने, “आवश्यक पर्दा नेपाली जनता र राजनीतिक दल राष्ट्रियताको पक्षमा एक ढिक्का भएका छन् र अब पनि एक ढिक्का हुन्छन्, नेपालप्रति दुव्र्यवहार गर्ने काम कसैले नगरोस् ।”
संविधान र लोकतन्त्रको पक्षमा सचेत हुँदै अघि बढ्न र अलोकतान्त्रिक, निरंकुश, व्यक्तिवादी र भ्रष्ट प्रवृत्ति अन्त्य भइनसकेकाले त्यसप्रति गम्भीरतापूर्वक सोच्न सबै राजनीतिक दल र सरकारसँग आग्रह गरे ।
प्रतिनिधिसभा विघटन गरेको प्रतिगामी कदममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मात्रै नभई त्यसमा संलग्न सबै दलसमेत जिम्मेवार रहेको बताउँदै नेता श्रेष्ठले त्यस कुरालाई नभुली आफूलाई बदलेर जिम्मेवारपूर्वक काम गर्न दलहरुसँग अपिल पनि गरे ।
कोभिड–१९ सङ्क्रमणको अवस्था कायमै रहेकाले तत्काल खोपको व्यवस्थापन गर्न र बाढी पहिरो प्रभावितलाई राहत प्याकेज व्यवस्था गर्न तथा उद्योग व्यवसायलाई सही ठाउँमा ल्याउन पनि उहाँले सरकारसँग माग गरे ।
उनले भ्रषटाचार नियन्त्रण र कानूनको पूर्णपालना गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । नेता श्रेष्ठले सामाजिक भेदभावको अन्त्य गर्न र हिंसा र बलात्कारजस्ता जघन्य अपराधको अत्य गर्ने कुरामा सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend