Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी नेता श्रेष्ठ भन्छन्: मुलुकको यो बेहाल स्थितिकाे जिम्मेवार ओली मात्रै होइनन्


    बुधबार, साउन २० २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् ।

    राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले प्रतिनिधिसभा विघटन हुनु ओली मात्र जिम्मेवार नभएर त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवार रहेको बताएका हुन् ।

    प्रवक्ता श्रेष्ठले भने, ‘यो मुलुकको यो बेहालका निम्ति त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै (केपी ओली मात्रै) जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार