Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्पष्टीकरण साेधेपछि भट्टराईकाे आक्रोश, भने- ‘माकुने राजनीतिको क्यान्सर हो, काटेर फाल्नु पर्छ’


    बुधबार, साउन २० २०७८
    1.7K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडाैं । सरकारले स्पष्टीकरण साेधेपछि रेल्वे कम्पनीका महानिर्देशन गुरुप्रसाद भट्टराईले आक्रोश व्यक्त गरेका छन् ।

    बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस  लेख्दै उनी सरकारसँग भन्दा पनि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आक्रोश व्यक्त गरेका हुन् ।

    आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्यरुपमा प्रचण्ड र माधवकुमार नेपालको भीषण दबाब रहेको भन्दै आफूसँग जोरी खोज्नेलाई  मैदानमा हिसाब किताब गर्ने चेतावनी समेत दिएका छन् ।

    उनले लेखेका छन्, ‘माधव नेपाल कहाँबाट चुनाव लड्छन्, २ महिना म त्यहीँ बिताउनेवाला छु । मसँग जोरी खोज्ने माकुनेलाई मैदानमा हिसाब किताब गर्छु ।’ उनले थपे माधवकुमार नेपाल नेपाली राजनीतिक क्यान्सर हाे, क्यान्सर काटेर फाल्नु पर्छ । 

    लगत्तै अर्को स्टाटस लेख्दै भट्टराई पुन: नेपालमाथि नै  खनिदै लेख्छन्, ‘मलाइ निकाल तर मैले नियुक्त गरेका गरिव नागरिककाका छोराछोरीलाई हिम्मत गर्यो भने तिम्रो सत्ता हल्लिन्छ, मजाक नगर ।’ 

    ‘गरीबका छोराछोीलाइ कामना लगाएको छु । भारतिय कम्पनिलाइ दिनु पर्ने ८ करोड आजै पठाउदै छु । र ट्रायल रन गर्दैछु । चोर राजनीतिज्ञसँग त म लड्ने नै हो, माकुनेसंग मैदानमा भेट्ने हो, उनले आक्रोश पोखे ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार