Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवाको ठाडो निर्देशन: कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउने तयारी गर्नुस्


    मंगलबार, साउन १९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । 

    आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न ऊर्जा मन्त्री भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । 

    याे सँगै ऊर्जा भुसालले मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी छन् । 

    झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार