Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री बन्न प्रस्ताव


    मंगलबार, साउन १९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको छ ।

    पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईकी पत्नी हिसिला यमीले मंगलबार अपरान्ह सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष यादवलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेकी हुन् । 

    पूर्वमन्त्री तथा जसपाकी नेतृसमेत रहेकी यमीले अध्यक्ष यादवलाई मधेशको मात्रै नेता नभएर मुलुककै प्रधानमन्त्री बन्न आँट गर्न आग्रह गर्दै यसमा आफूहरुको सहयोग हुने बताएकी छन्। 

    ट्वीटमा उनले लेखेकी छन्, ‘अब प्रधानमन्त्री हुन आँट गर्नुस्,  मधेसको मात्र नेता हैन सिंगै देशको नेता बन्न आँट गर्नुस्, हामी तपाईंसँग छौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार