Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता


    मंगलबार, साउन १९ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

    मंगलबार दिउसो प्रदेशसभा सचिवालयमा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

    प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले विपक्षी गठबन्धनको तर्फबाट संसद सचिवालयमा सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको र प्रदेश प्रमुख समक्ष प्रदेशसभाको विशेष अधिवेशन आह्वानको लागि निवेदन गर्ने तयारी गरेको जानकारी दिए ।

    नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गर्दै ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रस्ताव बुझाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार