Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रामकुमारी झाँक्री भन्छिन्: अघिल्लो सरकारले गरेका गलत कामलाई यो सरकारले सुधार गर्नुपर्छ


    मंगलबार, साउन १९ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्व मात्र बोकेर नपुग्ने भन्दै अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार गर्नुपर्ने बताएकी छन ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले याे सरकारले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्नुपर्ने बताएकी हुन् ।

    अघिल्लो सरकारले झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्न पाउने गरी गरेको निर्णय खारेज गर्नुपर्ने नेतृ झाँक्रीले बताइन् ।

    ‘झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्ग बिक्री गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णय खारेज गर्नुपर्छ भनेर झापाको एउटा प्रतिनिधिमण्डल आएको थियो, यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार