काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल समूहलाई अन्तिम घडी सम्म पर्खु पर्ने बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद् विस्तार गर्न राेक लगाएका छन् ।
माधव नेपालले आफू सरकारमा सहभागी नहुने कुरा बताइरहदाँ पनि प्रचण्ड भने नेपाल समूहलाई सरकारमा सहभागी गराउनपर्छ भन्ने अडानमा छन् ।
प्रचण्डले आज बिहान माधव नेपालसँगकाे भेटमा यस विषयमा अन्तिम पल्ट छलफलमा गर्दै सरकारमा जान कन्भिन्स गराउने प्रयत्न गरे ।
माधव नेपालले आफू सरकारमा सहभागी नहुने कुरा बताइरहदाँ पनि प्रचण्ड किन नेपाललाई कुरेर मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई गरिरहेका छन् भन्ने प्रश्न अहिले उब्जिन थालेको छ ।
माओवादी केन्द्रका एक सांसदका अनुसार प्रचण्डले आफ्नो स्वार्थका कारण माधव नेपाल समूहलाई सरकारमा लान कसरत गरिरहेका छन् ।
ती सांसदले भने , “कमरेड प्रचण्डले एमालेका अध्यक्ष केपी ओली संग को ईगोका कारण माधव नेपाललाई सरकारमा जान आग्रह गरिरहेका हुन् । यदी माधव नेपाल समूह सरकारमा गयो भने केपी ओलीले कारवाही गर्नैपर्छ र कारवाही गर्नु भनेको पार्टी फुट्नु हो । यदि एमाले फुट्यो भने माओवादी केन्द्रलाई ठूलो फाईदा पुग्नेछ साथै केपी ओली पतन पनि हुनेछन । यहि कारण प्रचण्डले जसरी पनि माधव नेपाललाई सरकारमा सहभागी गराउन खोजिरहेका छन् ।”
यदि माधव नेपाल समूह सरकारमा नगए केपी ओलीले अघिल्ला गल्तीहरुलाई माफी दिएर पार्टी मिलेर चलाउन पहल चालिरहेका छन् । माधव नेपाल समूह र केपी ओली एक भएमा एमाले पार्टीको बर्चस्व कायम नै रहने हुँदा माओवादी केन्द्रलाई ठूलो धक्का पर्ने सक्ने आकलन गरेर प्रचण्डले माधव नेपाललाई सरकारमा लैजान कोशिष गरिरहेका छन् ।
माधव नेपाल समूहका शिर्ष नेताहरुले अहिले सरकारमा जानु गलत निर्णय हुने बताईसकेका छन् तर प्रचण्ड र उपेन्द्र यादवले नेपाल समूहका केहि सांसदहरुलाई उचालेर सरकारमा जान आग्रह गरिरहेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend