Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


    मंगलबार, साउन १९ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ । 

    संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन् । पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६÷०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ । 

    यस्तै, दोस्रो कार्यसूचीमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ । 

    काँग्रेसमा रहेका सिंहको ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।

    213660344_4192057400885289_1041874904778119026_n_ZE6nkr0k2U.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार