काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका युवा नेता एवं सांसद महेश बस्नेतले कर्णालीका सांसदहरुको विषयमा सर्वोच्च अदालतले गरेको फैसला स्वागतयोग्य भएको बताएका छन् ।
सोमबार दिउँसो सर्वोच्चले कर्णाली सांसदलाई पुन: पदमुक्तको फैसला गरेपछि एमाले नेता बस्नेतले सो फैसलालाई स्वागतयोग्य भएको बताएका हुन्।
सामाजिक सञ्जालमार्फ़त फैसलाबारे उनले लेखेका छन्, ‘बहुदलीय व्यवस्था र संसदीय प्रणालीमा यो फैसला साह्रै स्वागतयोग्य छ। देउवा सरकारको गठनमा आएको परमादेशको विषयमा सांसदहरूलाई पार्टी ह्विप नलाग्ने उलंघन गरे बापत कार्बाही गर्न नपाइने फैसला बेठीक भएको अनुभुति गरेको जस्तो देखिन्छ’,
‘त्यसो हुँदा अब अदालत सामु अर्को चुनौति थपिएको छ । मन्त्री हुन र अन्य लाभका निम्ति एमालेको सरकार ढालेर कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनाउन लाग्ने २२ जना संघीय सांसदहरुलाई पार्टीले कारबाही गरेको अवस्थामा अदालतले के गर्ला? पद कायम राख्ला कि नराख्ला?’फेसबुकमार्फत नेता बस्नेतले अदालतलाई समेत प्रश्न गरेका छन्।
उनले अगाडि भनेका छन्, ‘यदि कायम राख्यो भने यो फैसला पनि कर्णाली प्रदेशमा एमाले बाहेकको गठबन्धनलाई बहुमत पु¥याएर सरकार चलाउन सहयोग गरेको जस्तो देखिनेछ र घुमाएर एमालेलाई नै धक्का पुराइएको हुनेछ अदालत थप विवादित र अविश्वसनीय बन्दै जानेछ।’
एमाले सांसद बस्नेतको यस टिप्पणीबारे कतिपय एमालेकै कार्यकर्ताहरुले कमेन्टमै रोदनको संज्ञा दिएका छन्।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend