Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले बनायो ९ वटा विभाग, अध्यक्ष ओली स्कुल विभाग प्रमुख, विष्णु पौडेल संगठन विभाग


    सोमबार, साउन १८ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले) ले ९ वटा विभाग गठन गरेको छ । एमाले स्थायी समितिको सोमबार बसेको बैठकले ९ वटा विभागका प्रमुख र सदस्यहरुलाई जिम्मेवारी दिएको छ । एमालेको स्कुल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओली स्वयंले लिएका छन् ।

    संगठन विभागको प्रमुखको जिम्मेवारी उपमहासचिव विष्णु पौडेललाई दिइएको छ । संसदीय विभागको प्रमुखमा सुवास नेम्वाङ, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन प्रवद्र्धन विभाग प्रमुखमा भानुभक्त ढकाललाई जिम्मेवारी दिइएको छ । 

    विदेश विभाग प्रमुखमा डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई तोकिएको छ । प्रत्येक विभागमा २५ सदस्य रहने ब्यवस्था छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार