काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित स्वागत कार्यक्रममा उनले भने, “वर्तमान सरकार र सत्तारुढ गठबन्धन प्रेस स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा दृढतापूर्वक उभिन्छ ।”
मन्त्री शर्माले कोभिड–१९ महामारीमा मिडिया क्षेत्रले भोग्नु परेको आर्थिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोभिडका कारण बन्द हुने अवस्थामा पुगेका साना तथा मझौला मिडियालाई जोगाउने गरी सो क्षेत्रको सुझावका आधारमा राहतको व्यवस्था गर्ने बताए । उनले भने, “यति बेला मुख्य गरी श्रमिक वर्ग मर्कामा परेको छ, रोजगारी खोसिएको छ, त्यसलाई सामूहिक छलफलबाट समाधान गर्नुपर्छ ।”
मन्त्री शर्माले विगतका सरकारले मिडियाबारे गरेको व्यवस्थालाई कार्यान्वयन गर्ने र मिडियाबारे ऐन/कानुन, संस्थागत संरचना, क्षमता र परिणाममा सुधार गर्नुपर्नेमा जोड दिए ।
महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले कोरोनाको बहानामा सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, रोजगारीबाट वञ्चित गर्ने र तलब नदिने जस्ता समस्या देखिएको बताउँदै मिडियाले भोगिरहेको आर्थिक सङ्कट समाधान गर्न सरकारलाई आग्रह गरे ।
सरकारले उपलब्ध गराउने विज्ञापनमा साना र ठूला सबै मिडियाको पहुँच हुनुपर्ने तथा मिडियासम्बन्धी ऐन सञ्चारमैत्री हुनुपर्नेमा उनले जोड दिए ।
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend