Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • निर्वाचन आयोगकाे निर्णयविरुद्ध ठाकुरले दायर गरेकाे रिट न्यायाधीश खतिवडाको इजलासमा


    सोमबार, साउन १८ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं ।  जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुरले जसपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेकाे रिट निवेदनमाथि सुनुवाई हुँदैछ । 

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सोमबार उक्त रिट निवेदनको पेसी तोकिएको छ ।

    निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले सर्वोच्च अदालतमा आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।

    ठाकुरले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म यादव पक्षलाई आधिकारिकता दिने आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरेका छन् ।

    ‘निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने सम्भावना रहेकोले म समेत सम्पूर्ण सरोकारवालालाई अपुरणीय क्षति पुग्ने भएकोले सुबिधा सन्तुलनको दृष्टिबाटसमेत यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन नगर्नू नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरी पाउँ,’ रिट निवेदनमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार