Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली भन्छन्: देशमा विकास र सुशासननका लागि कम्युनिस्ट नै चाहिन्छ


    आइतबार, साउन १७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास र सुशासननका लागि कम्युनिस्ट नै चाहिन्छ भनेर स्थापित गरेको बताएका छन् ।

    तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू सरकारबाट हटेसँगै दमन सुरु भएको बताउँदै यस्ता कदम सच्याउन सरकारलाई खबरदारी समेत गरेका छन् । 

    ‘हामी सरकारबाट हट्यौं । सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न दिइएन । स्काउटविरुद्ध जुलुस निकाल्न थालियो’ उनले भने ।

    अध्यक्ष ओलीले भने, ‘स्काउटका कार्यकर्ता विभिन्न जिल्लाबाट आउँदा बस बसबाट उतार्ने काम भयो । खाना नदिएर रोक्ने काम भयो । सभा गर्न दिइएन । दमन शुरु भइसक्यो । मान्छेहरु निष्कासन हुन थालिसके ।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार