Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आन्तरिक विवाद समाधानका अनेकौँ प्रयास असफल भएपछि नेपाल पार्टीबाट किनारा लाग्दै


    आइतबार, साउन १७ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लामो समयको आन्तरिक विवाद समाधानका अनेकौँ प्रयास असफल भएपछि अब आफ्नै पार्टीबाट औपचारिक रुपमा किनारा लाग्न थालेका छन् ।

    आफैंले बनाएको कार्यदलबीच भएको १० बुँदे सहमतिप्रति नेता नेपालले असन्तुष्टि जनाए । दोस्रो अध्यक्षमा सहमति गर्न संस्थापन पक्ष राजी भए पनि अन्ततः फेरि नेपाल पक्षले नै असहमति जनायाे । 

    सुरुवातमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान लिएको नेपाल समूह अहिले पार्टीलाई सोही अवस्था पुर्याउँदा फेरि माग थप्दै विवाद लम्ब्याइरहेकाे देखिन्छ ।

    यसरी हेर्दा नेपाल एमालेमै रहन नचाहेको स्वयं उनीपक्षीय नेताहरुले अनुभव गर्न थालेका छन् । 

    संस्थापन पक्ष पनि आफ्नै पार्टीविरुद्ध मतदान र गतिविधि गरेर हिँड्न समूहलाई पर्खेर पार्टीका अरु गतिविधिलाई प्रभाव पार्न नहुने पक्षमा पुगेको छ । 

    नर्वाैं महाधिवेशनमा अध्यक्षबाट पराजित नेता नेपालले अहिले अध्यक्ष ओलीसरह अधिकार खोजेर पार्टी एकतालाई भाँड्न खोजेको एमालेका नेताहरुको आरोप छ । 

    यदी संस्थापन पक्षले नेपाल समूहलाई नपर्खने र पार्टीलाई गतिशील बनाउने हो भने माधवकुमार पक्षीय नेताहरु संस्थापनमा जानेछन् भने नेता नेपाल एमालेबाटै किनारा लाग्न सक्ने नेताहरुले बताउन थालेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार