Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेमा वार कि पार चलिरहेका बेला, प्रचण्ड र नेपालबीच सत्ता सहकार्यबारे छलफल


    आइतबार, साउन १७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले नेपाल निवास कोटेश्वरमा भेटवार्ता चलिरहेको छ ।

    नेता नेपाललाई भेट्न उनको निवासमै पुगेका प्रचण्ड र नेपालबीच सत्ता सहकार्यबारे छलफल भइरहेकाे स्राेतले जानकारी दिएकाे छ ।

    एमालेको माधव समूहलाई सरकारमा ल्याउने कसरतमा लागेका दाहाल नेपाल समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेदका कारण सफल हुन सकेका छैनन् ।

    केहीले पार्टी एकतामा जोड दिँदै सरकारमा जान नहुने बताइरहेका छन् भने कतिपयले आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने बताइरहेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार