Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले स्थायी कमिटी बैठक बस्दै, एकताको प्रयास वार्तामा मात्रै !


    आइतबार, साउन १७ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बस्दैछ । 

    आजको बैठकमा पार्टी एकता प्रयास, पछिल्लो राजनीतिक घटना र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । 

    यसअघि शनिबार बस्ने भनिएको स्थायी कमिटी बैठक विघटित कार्यदलका सदस्यहरूको आग्रहमा स्थगित भएको थियो । कार्यदलका सदस्यहरुले १० बुँदे सहमतिको कार्यान्वयनका लागि थप छलफलपछि बैठक राख्न आग्रह गरेपछि बैठक स्थगित गरिएको थियो ।

    शनिबारको बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीसहित स्थायी कमिटी सदस्यहरु च्यासल पुगेका थिए । बैठकमा भाग लिन उपाध्यक्ष वामदेव गौतम पनि गएका थिए । त्यस्तै आफूहरुलाई माओवादीमै रहेको दाबी गर्ने नेताहरु पनि बैठकमा भाग लिन पुगेका थिए ।

    पछिल्लो समय पार्टीभित्र चर्किएको आन्तरिक द्वन्दका कारण अध्यक्ष ओली र नेता माधवकुमार नेपाल भने एक अर्कामाथि गाली गलौजमा उत्रिरहेका छन्। यस्तो बेला दोस्रो तहका नेता जसरी पनि पार्टीलाई एक गराउनुपर्ने पक्षमा देखिएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार