Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षड्‍यन्त्र कसैले नगरोस् : माधव नेपाल


    शनिबार, साउन १६ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै फर्केर प्रधानमन्त्री हुन्छु कि भनेर कल्पना नगर्न सुझाएका छन्।

    शनिबार राजधानीमा आफूनिकट अखिल फोर्सको बृहत् भेलामा बोल्दै नेता नेपालले पूर्वप्रधानमन्त्री ओलीलाई पुन जालझेल नगर्न सुझाएका हुन्।

    ‘प्रतिनिधि सभाको रक्षा गर्दै सांसदहरुले भोट दिएर यो सरकारलाई ल्याएका छन्, नेता नेपालले भने, ‘त्यसैले यो सरकारले राम्रो काम गर्नुपर्छ अब । यो प्रतिनिधि सभालाई विघटन गर्ने कसैले दुष्साहस नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षड्‍यन्त्र कसैले नगरोस् । जे गर्नुछ, पारदर्शी तरिकाले हुनेछ,’ नेपालले भने।

    यस्तै, नेता नेपालले सर्वोच्च अदालतको फैसलाले लामो समयदेखि गलत बाटोमा गइरहेको देशलाई, लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठीक बाटोमा ल्याउने काम गरेको बताउदै भने ‘यो संविधानको संरक्षण भएको छ। सही व्याख्या गरिएको छ । गलत कामलाई सच्याउने काम भएको छ। सर्वोच्च अदालतप्रति हामी सम्मान व्यक्त गर्न चाहन्छौं,’।

    नेपाली जनताले राजतन्त्रलाई ढालेको भन्दै त्यो फेरि फर्केर नआउने नेपालको भनाइ छ । ‘राजतन्त्रलाई फेरि कसैले ल्याउने दुष्साहस गर्छ भने इतिहासको कुडाकर्कटमा फालिनेछ तिनीहरुलाई सधैँसधैँका निम्ति,  उनले भने, ‘देशको हितमाथि कुठाराघात गर्ने र देशको अखण्डतामा आँच पुर्‍याउने कुनै पनि प्रवृत्ति छ भने त्यसलाई कुनै पनि हदमा छुट दिन सकिँदैन, नेता नेपालले भने।

    यस्तै यसअघि आजै भएको एक कार्यक्रममा अध्यक्ष ओलीले नेता नेपाललाई पार्टीमा ठाउँ नदिने बताएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार