काठमाडौं । नेकपा एमालेको एकता वार्ता निष्कर्षबिहीन भएको छ । समिट होटलमा बसेको एमालेका दोस्रो पुस्ताका नेताहरुले पार्टीको एकता कायम राख्न पार्टी अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपालबीच वार्ता गराउने र मन माझामाझ गराउने प्रयास गरेका थिए । वार्ता जारी रहेको बेला घनश्याम भूसाल नेपाल निवास कोटेश्वरमा पुगेर दुई नेताबीच टेलिफोन संवाद गराएका थिए ।
टेलिफोन संवादमा नेता नेपालले शनिबार राखिएको केन्द्रीय कमिटी बैठक रोक्न र कार्यदलबाट वार्ता जारी राख्न आग्रह गरेका थिए । नेता नेपालले आवश्यक परामर्शविना राखिएको केन्द्रीय कमिटी बैठक स्थगित गर्न अनुरोध गरेका थिए । नेता नेपालले अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता हुन नसक्ने बताएका थिए ।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक रोक्ने प्रस्ताव अस्वीकार गरेका थिए । ओली–नेपालबीच टेलिफोन वार्तामै आ आफ््नै अडान राखेपछि एकतामा बसेका दोस्रो तहका नेताहरु समिट होटलबाट हिडेका थिए ।
शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले सोमबारसम्म अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन माधव नेपाल पक्षका सांसदहरुदलाई निर्देशन दिएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend