काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालीबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो दुई नेताबीच टेलीफोन संवाद भएको हो । समिट होटलमा दोस्रो तहका नेताहरुबीच वार्ता भइरहेको समयमा घनश्याम भूसाल माधव नेपाल निवासमा पुगेर दुई नेताबीच टेलिफोन संवाद गराएका हुन् ।
यसअघि बिहीबार राति पनि यी दुई नेताबीच संवाद भएको सोमप्रसाद पाण्डेले बताएका थिए । टेलिफोन संवादमा शुक्रबार दुई नेताबीच वार्ता हुने भनिए पनि हुन सकेको थिएन । नेता नेपालले नै चासो नराखेपछि वार्ता हुन नसकेपछि एमालेको एकतामा पूर्णबिराम लागेको टिप्पणी भइरहेको बेला शनिबार पुनः टेलिफोन संवाद भएपछि वार्ता अगाडि बढ्ने संभावना बढेको छ । ओली र नेपाल आ आफ्नै अडानमा छन् ।
अध्यक्ष ओलीले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बसेर ८ स्थायी समिति सदस्य मनोनयन गरेका थिए । र, १८ असारमा केन्द्रीय कमिटी बैठक राखेका थिए । जुन बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिन सोमबारको समयसीमा तोकेको थियो । माधव नेपाल समूह भने असार १८ को बैठक अवैधानिक भनिरहेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend