Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिल्लामा जिल्लामा खोप अभियान चलाइन्छः प्रधानमन्त्री ओली


    शनिबार, असार १९ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बिरुद्ध जिल्लामा जिल्लामा खोप अभियान चलाउने बताएका छ । आज त्रिशुली–३ बीको प्रसारण लाइन र सबस्टेसनको शनिबार उदघाटन गर्दै उनले सबै जनतामा खोप छिटोभन्दा छिटो खोप पुर्याइने बताएका छन् । खोपका लागि विभिन्न देशसँग कुराकानी अगाडि बढाइएको उनले बताएका छन् ।

    ओलीले भने–अब लगातार भ्याक्सिन आउँछ, एक दुई दिनमै खोप क्याम्पेनिङ सुरु हुन्छ । एक दुई दिनमै खोप लगाइसक्न संभव नभएकाले कहाँ बढी कोभिडको प्रभाव छ, त्यहीँ अभियान चलाउने उनले बताएका छन् ।  

    कोभिडका कारण अन्य देशभन्दा नेपाल कम प्रभावित रहेको बताउँदै उनले भने–आवश्यक सतर्कता अपनाइएकाले जोखिम कम भएको हो । 

    नेपाल सरकार र चीनको सिनोफार्म कम्पनी बीच भएको सम्झौता अनुसार असार २४ गते बाट खोप आपूर्ति सुरु भई तत्पश्चात साप्ताहिक रुपमा विभिन्न चरण मार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।

    खोपको निरन्तर आपूर्तिबाट कोभिड विरुद्वको खोप अभियान सुचारु हुने गरि व्यवस्था मिलाइएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा  उल्लेख  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार