काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले आफू ओली समूहमा रहेको स्पष्ट पारेका हुन् ।
आफूले हालसम्म मित्रघात नगरेको भन्दै बैठकमा गौतमले भने, ‘मैले आजसम्म मित्रघात गरेको छैन, जे भनिरहेको छु यो हाम्रो हितमा छ । व्यक्तिगत रूपमा म ओलीकै पक्षमा छु ।’ आफूलाई ओली समूहमा रहेको बताउने गौतमले मुख्य नेताहरुलाई अपमान गरेर पार्टी एकता हुन नसक्नेतर्फ सचेत गराए ।
माधवकुमार नेपालसहित असन्तुष्ट नेताहरुलाई समेटेरमात्रै एमाले एकताबद्ध हुन सक्ने बताएका उपाध्यक्ष गौतमले एकताको प्रयासलाई सार्थक निष्कर्षमा पुर्याउन ओलीलाई आग्रह गरेका छन् ।
मुख्य नेताहरुलाई सम्मानजनक व्यवहार नगरिएमा पार्टीको तलको पंक्ति भड्किन सक्नेतर्फ सचेत गराउँदै उनले माधव नेपालसहितको एकता हुनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका नेताहरुले दिएको हस्ताक्षरलाई अनैतिकको संज्ञा दिएका गौतमले भने, ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend