Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • ओली र नेपालबीच टेलिफोन संवाद, के कुरा भयाे ?


    शुक्रबार, असार १८ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट समूहका नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ ।

    संस्थापन समूहले केन्द्रीय कमिटिको बैठक राखेको अघिल्लो साँझ अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद भएको नेताहरुले जानकारी दिएका छन् ।

    केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओली आफैले नेपाललाई फोन गरेका हुन् ।

    संस्थापन समूहले आज (शुक्रबार) बिहान ११ बजे केन्द्रीय कमिटि बैठक बोलाएको छ ।

    तर उक्त बैठकमा सहभागी नहुने माधव समूहले अडान लिएको छ ।

    ओली र नेपालबीच शुक्रबार पनि संवाद हुन सक्ने सम्भावना छ । सकभर प्रत्यक्ष भेटवार्ता हुने नभए टेलिफोन संवादले नै निरन्तरता पाउने नेताहरुको भनाइ छ ।

    माधव समूहका नेताहरुले आजको केन्द्रीय कमिटिको बैठक स्थगित गरेर एकताका लागि संवाद गर्न संस्थापन समूहलाई सुझाव दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार