Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, नेपाल पक्ष नजाने


    शुक्रबार, असार १८ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । यद्यपि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने यो बैठकमा सहभागी नहुने भएको छ । 

    असन्तुष्ट माधवकुमार नेपाल समूहको माग पूरा गर्ने र अदालतको आदेश कार्यान्वयन गर्ने उद्देश्यले १०औँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर शुक्रबार बैठक बोलाएको थियो ।

    तर, यथास्थितिमा शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकमा नेपाल समूह सहभागी नहुने निर्णयमा पुगेको छ ।

    पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेकै स्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार