Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको एकता कि विभाजन भोलि टुंगो लाग्ने


    बिहिबार, असार १७ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपाल समूह सहभागी नभए एकताको प्रयास छाडिदिने मनस्थितिमा संस्थापन पक्षको तयारी छ । 

    १०औं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर नेपाल समूहलाई एकताका ल्याउने अन्तिम प्रयास गरेको बताएको संस्थापन पक्षले शुक्रबारको बैठकलाई एमाले एकताको ‘डेडलाइन’ भनेको छ । 

    १०औँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर बैठक बोलाइएको विषयमा औपचारिक धारणा बनाउन नेपाल समूहको बैठक बस्दैछ । 

    पार्टी एकताका लागि बुधबारबाट नेताहरु क्रियाशील रहेका छन् । यसअघि पार्टी एकताका लागि क्रियाशील रहँदै आएका दुवै समूहका नेताहरु आन्तरिक तथा अन्तर समूहमा औपचारिक तथा अनौपचारिक रुपमा छलफलमा जुटिरहेका छन् । बुधबार राति अबेरसम्म छलफलमा गरेका नेताहरु कुनै सहमति नभए पनि बिहीबार पनि छलफलमा जुटिरहेका छन् । 

    २०७५ जेठ २ अघिको एमालेको मात्र बैठक बस्नुपर्ने माग नेपाल समूहको माग छ भने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता लिनुपर्ने संस्थापन ओली समूहको माग रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार