Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बहुमत सांसदको हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी


    शुक्रबार, जेष्ठ २८ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीको दाबी गर्दै ३१ सांसदसहित प्रदेश प्रमुखको निवास पुगेका छन् ।

    आज अपरान्ह प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर उनले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदाबी पेस गरेका हुन् । 

    उनले आफूहरु सशरीर आएको भन्दै हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाउन पनि आग्रह गरे । प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पुर्‍याएर निर्णय गर्ने बताएकी छन् ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहीबार प्रदेश सभामा विश्वास गुमाएपछि सरकार ढलेको थियो । आज प्रदेश प्रमुखले नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्दै शनिबार अपरान्ह ३ बजेसम्म समय दिएकी थिइन् ।

    dabi.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार