काठमाडौ । नेपाल बायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएका छन् । आज पर्यटन सचिवसमक्ष उनले राजीनामा दिएका हुन् ।
घिमिरेलाई तत्कालीन पर्यटन मन्त्री योगेस भट्टराईले २०७७ बैशाख २ गते निगमको कार्यकारी अध्यक्ष बनाएका थिए । केही महिनापछि डिमप्रकाश पौडेललाई महाप्रबन्धक बनाइएपछि घिमिरे सेरोमेनियल अध्यक्ष थिए ।
४५ अर्ब घाटामा सन्चालित निगम कोरोना महामारी सुरु भएपछि झन् संकटमा छ ।
प्रधानमन्त्री केपी ओलीका सल्लाहकारहरुले जहाज खरिदका लागि दबाब दिएका कारण बृद्व अवस्थामा अख्तियार धाउनुपर्ने भएपछि उनले राजीनामा दिएको स्रोतले जानकारी दिएको छ । ओलीका सल्लाहकारहरु जहाज खरिद गरी कमिसन खाने दाउमा रहेका छन् ।
यसबारेमा घिमिरेसग प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।