Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङको तुल्सीपुरमा गोली चल्यो, पेस्तोलसहित एक पक्राउ


    शुक्रबार, जेष्ठ २८ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । जिल्लाको तुलसीपुर क्षेत्रस्थित टिकरीमा गोली चलेकाे छ ।

    आज दिउँसो दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा गोली चलेको हो। कुलो मर्मतको विषयमा बिबाद हुँदा गोली चलेको हो ।

    गोली चलाएको आरोपमा पूर्ण वली पक्राउ परेका छन् । 

    सामान्य बिबादमा तर्साउन गोली चलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका एपसी गणेश लामाले बताए ।

    ‘सामान्य बिबादमा तर्साउन गोली चलाएको देखिन्छ। एक जना नियन्त्रणमा छ,’ उनले भने, ‘थप बुझ्दैछौं ।’

    उनकाअनुसार एक राउण्ड गोली चलेको हो । गोली मानिसलाई लागेको भने छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार