Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेना अपडेट: बाँकेमा थप चार संक्रमितकाे मृत्यु


    शुक्रबार, जेष्ठ २८ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ ।

    बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङका दुई जना, बाँके र दैलेखका एक/एकजना गरी चारजनाका मृत्यु भएको हो ।

    दाङको घोराही–७ की ४२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार साँझ सात बजे र राजपुर गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार राति ९ बजे मृत्यु भएको उनले बताए । ४२ वर्षीया महिलामा जेठ ११ गते र ७७ वर्षीय पुरुषमा जेठ १८ गते संक्रमण पुष्टि भएको थियो ।

    बाँकेको खजुरा गाउँपालिका–३ का ८० वर्षीय पुरुषको बिहीबार राति साढे १० बजे र दैलेखको भैरवी गाउँपालिका–७ का ६९ वर्षीय पुरुषको शुक्रबार बिहान १०ः४५ बजे भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए । ८० वर्षीय पुरुषमा जेठ १८ गते र ६९ वर्षीय पुरुषमा जेठ २४ गते संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार