Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्, यस्तो छ कार्यविभाजन


    बिहिबार, जेष्ठ २७ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सदस्यीय मन्त्रिपरिषद्लाई औपचारिकता दिएकी छन्। 

    ओलीको २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन् । जसमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री रहेका छन् । 

    यसैगरी खगराज अधिकारी गृह मन्त्री बनेका छन् भने शरदसिंह भण्डारी ऊर्जा तथा जलस्रोत, कृष्ण गोपाल श्रेष्ठ शिक्षा, अनिल कुमार झा खानेपानी, शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री कायम भएका छन् । 

    यस्तै राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् भने लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बसन्त कुमार नेम्वाङ भौतिक पूर्वाधार, लिलानाथ श्रेष्ठ कानुन मन्त्रीमा कायम हुँदा पुर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापा सञ्चारमन्त्री बनेकी छिन् । 

    यस्तै ज्वाला कुमारी साह कृषि, विमल प्रसाद श्रीवास्तव श्रम रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्ययन, चन्दा चौधरी महिला तथा बालबालिका, एकवाल मिया युवा तथा खेलकुद मन्त्रीमा कायम हुँदा नारदमुनि राना वन मन्त्री बनेका छन् । 

    यस्तै गणेश कुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्दा मोहन बानिया प्रधानमन्त्री कार्यालय हेर्नेगरी मन्त्री बनेका छन् । 
    यस्तै राज्यमन्त्रीहरुमा चन्द्रकान्त चौधरी (ऊर्जा), रेणुका गुरुङ (महिला तथा बालबालिका) र आशाकुमारी विक (वन) रहेका छन् । 

    प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीसहित बिहीबार (आज) ८ जना थप गरेर २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन्। नवनियुक्त मन्त्रीहरुको शपथ आज ४ बजे शीतलनिवासमा तय भएको छ।

    यस्तो छ मन्त्री र राज्यमन्त्रीहरु तथा उनीहरुको कार्यविभाजन:

    ६_मनतरपरषद_गठन_वजञपत_2078-2-27_owWH8E7hvG.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार