Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बी एण्ड सी अस्पताललाई सम्बन्धन दिने निर्णयको विरोध गर्दै माइतीघर अघि प्रदर्शन


    बिहिबार, जेष्ठ २७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन तयारीको विरोधमा काठमाडौँमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

    गएको वैशाख ३१ गते बसेको काठमाडौँ विश्वविद्यालयको कार्यकारी परिषदको ६२५ औँ बैठकले बी एण्ड सीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको थियो । 

    त्यसको विरोधमा सोलिडारिटी फर डा. गोविन्द केसीको आह्वानमा बिहीबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो । प्रहरीले प्रदर्शनकारीलाई माइतीघरबाट नियन्त्रणमा लिएको छ ।

    प्रदर्शनमा सहभागी युवाहरुले ‘चोरबाटोबाट सम्बन्धन दिने काम बन्द गर, कानून मिच्न पाईँदैन, चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप बन्द गर’ सहितका नारा लेखिएका प्लेकार्डि बोकेका थिए ।

    Protest_Pm-KP-Oli_Durga-Prasai_Mediacal-15.jpgProtest_Pm-KP-Oli_Durga-Prasai_Mediacal-16.jpgProtest_Pm-KP-Oli_Durga-Prasai_Mediacal-17.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार