काठमाडाैं । अमेरिकाले कम आय भएका विश्वका ९२ देशलाई कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप आफै किनेर वितरण गर्ने भएको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति जो बाइडेनको प्रशासनले कोरोना भाइरसविरुद्धको फाइजर खोपको ५० करोड मात्रा अबको दुई वर्षभित्र विश्वका विभिन्न देशलाई उपलब्ध गराउने तयारीगरेको हो ।
समाचार संस्था रोयटर्सका अनुसार त्यसमध्ये यो वर्ष झण्डै २० करोड मात्रा उपलब्ध गराइने छ । बाँकी मात्रा सन् २०२२ मा वितरणको तयारी अमेरिकाले गरेको हो ।
विश्वभर ५० करोड मात्रा खोप वितरण गर्ने योजनाबारे राष्ट्रपति कार्यालय ह्वाइट हाउसले औपचारिक रुपमा जानकारी दिन भने बाँकी नै छ ।
तर विदेश भ्रमणमा निस्कने क्रममा राष्ट्रपति बाइडेनले आफूसँग विश्वलाई खोप वितरण गर्ने सम्बन्धमा एक योजना रहेको त्यो चाँडै घोषणा गर्ने बताएका छन् ।
बाइडेन बुधबार बेलुका बेलायत पुगेका छन् । उनले आरएएफ मिल्डेनहलमा रहेको एअरबेसमा अमेरिक सैनिकलाई सम्बोधन गरेका छन् ।।