Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • गरिबसँग विश्वेश्वरका संयोजक पाण्डेमाथि जिल्लाका सहजकर्तासँग घुस मागेको आरोप 


    बुधबार, जेष्ठ २६ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं ।  भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गरिबसँग विश्वेश्वर कार्यक्रमका संयोजक विद्यासागर पाण्डेले जिल्लास्थित सहजकर्ताहरुसँग नवीकरण गर्नका लागि नजराना मागेको आरोप लागेको छ । पाण्डेले पदमा अर्याल भूमिब्यवस्था मन्त्री भएको बेला स्याङ्जा घर भएकाले गरिबसँग विश्वेश्वर कार्यक्रमको संयोजक(उपसचिवस्तर)स्तर नियुक्ति पाएका थिए । अर्यालपछि मन्त्री भएकी शिवमाया तुम्वाहाङ्फेको पालामा पनि उनको फुईफाई यथावत नै रह्यो ।

    पछिल्लो पटक भूमिब्यवस्था मन्त्रीमा जसपाका लक्ष्मणलाल कर्ण आएपछि उनले जिल्लास्थित कार्यक्रमका सहजकर्ताहरुलाई मन्त्री नयाँ आएका छन्, जागिर निरन्तरता दिने हो खुसी पार्नुपर्छ भन्दै शुभलाभ गराउनुपर्छ माग्न थालेका छन् । मन्त्री कर्ण र भूमिब्यवस्था सचिव आफ्नै बन्धु टेकनारायण पाण्डे भएको भन्दै जागिर निरन्तरता दिनका लागि जिल्ला जिल्लाका सहजकर्ताहरुसँग मोलतोल गर्दैआएको आरोप विद्यासागरमाथि लागेको छ ।

    कर्णाली प्रदेशका एक जिल्ला सहजकर्ताले भने–संयोजक पाण्डेले सहजकर्ताहरुलाई फोन गर्दै जागिर निरन्तरता दिने हो भने बुझाउनुपर्छ भनेका छन् । नासु स्तरको नियुक्ति छ, जीवीकोपार्जन नै मुस्किल छ, कसरी दिनु ? मन्त्री र सचिवको नाम लिंदै फोन गर्या गर्यै छ्न् । ’

    पदमा अर्यालका पालामा पाण्डेकी श्रीमती मुना न्यौपानेलाई स्वकीय अधिकृतको नियक्ति दिइएको थियो । तर उनी मन्त्रालयमा भने आउँदैन थिइन् । मन्त्रालयमै नआई उनलाई तलव सुविधा दिने गरिएको थियो । उनले अर्यालका पालामा श्रीमतीलाई स्वकीय राखी आफुले नै सबै काम गरिदिएको भन्ने गरेका छन् ।

    गरिबसँग विश्वेश्वर कार्यक्रमका जिल्ला सहजकर्तासँग नियुक्तिलाई निरन्तरता दिन शुभलाभ मागेकोबारेमा पाण्डेले भने, यो कुरा सरासर झुटो हो । कसले भन्यो, त्यसको नाम भन्नुस् । उनले घुस मागेको भन्ने सहजकर्ताको नाम भन्न बारम्बार कर गरे ।

    पदमा अर्याललाई सफल बनाउने काम गरेको भनेर आफूले जस नलिएको उनले बताए । उनले भने, पदमा अर्याल आफैंमा सक्षम महिला हो, मैले सफल बनाएर सफल हुने कुरा हुन्छ र ? 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार