Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेना अपडेट: बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु


    बुधबार, जेष्ठ २६ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    कोहलपुर नगरपालिका-६ की ४० वर्षीय महिलाको मंगलबार साँझ ५ बजेर २० मिनेटमा र बर्दियाको राजापुर नगरपालिका-७ की ८० वर्षीय महिलाको बुधबार बिहान ४ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

    यस्तै, प्युठानको प्युठान नगरपालिका-६ का ७२ वर्षीय पुरुषको मंगलबार साँझ साढे ६ बजे उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

    यससँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०४ पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट आएका मृतकको संख्या ३२४ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार