Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिफा विश्वकप फुटबल छनोट : ब्राजिलको लगातार छैटौं जित


    बुधबार, जेष्ठ २६ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । फिफा विश्वकप फुटबलको छनोट चरणमा ब्राजिलले अर्को जित हाँसिल गरेको छ।  

    बुधबार बिहान दक्षिण अमेरिकी छनोट अन्तर्गत पाराग्वेमाथि २-० गोल अन्तरको जित निकाल्दै ब्राजिलले लगातार छैटौं खेलमा जित हाँसिल गरेको हो।  

    ब्राजिलको जितमा खेलको चौंथो मिनेटमा नेयमार र इन्जुरी समयमा लुकास पाक्वेटाले समान एक एक गोल गरे। 

    जितपश्चात् ब्राजिल ६ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पाराग्वे ६ खेलमा ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार