Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस तीन र माओवादी दुई मन्त्रालयसहित सरकारमा जाने, आजै नयाँ मन्त्रीको शपथ हुनसक्ने


    बुधबार, जेष्ठ २६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र प्रदेश नं २को सरकारमा जाने भएका हुन्। 

    प्रदेशमा कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालयले लिएर सरकारमा जाने तय भएको स्रोतले बताएको हो। 

    जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई सरकारबाट बर्खास्त गरेपछि नयाँ सत्ता समीकरण बनेसँगै केन्द्रको विपक्षी गठबन्धनले संयुक्त सरकार गठन गर्न लागेको बताइएको छ। 

    स्रोतका अनुसार आज दिउँसो जसपा यादव पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालयको बाँडफाँटको टुंगो लाग्ने छ। कांग्रेस र माओवादीले पाउने मन्त्रालयको टुंगिएपछि आज नै शपथ लिने सम्भावना रहेको स्रोतको भनाइ छ। 

    सत्ता सहकार्यका तीन दल सहमत भएपछि प्रदेश २ मा १० मन्त्रालय हुने भएका छन्। ५० प्रतिशत अर्थात् ५ वटा मन्त्रालय आफूसँग राखेर मुख्यमन्त्री राउतले तीन मन्त्रालय कांग्रेस र दुई मन्त्रालय माओवादीलाई दिन लागेको बुझिएको छ। 

    यद्यपि जसपाको पार्टीबाट भने सरकारमा जाने सांसदको टुंगो लगाउने जिम्मा अध्यक्ष यादवलाई दिइएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार