Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजारमा पुनः कीर्तिमान


    मंगलबार, जेष्ठ २५ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेले पुनः नयाँ कीर्तिमान कायम गरेको छ। मंगलबार नेप्से ५३ दशमलव ४४ अंकले बढेर २९ सय ६० दशमलव १४ अकंमा बन्द भएको छ। यो सेयर बजार परिसूचक नेप्सेको हालसम्मकै उच्च विन्दु हो।

    दिनैपिच्छे नेप्से कारोबार र इन्डेक्स दुबैले नयाँ रेकर्ड कायम गर्न सफल भएसँगै नेप्से ३ हजार विन्दू नजिक पुगेको छ।

    सेयर बजारमा अनलाइन प्रणालीको व्यवस्था भएसँगै यतिबेला बजारमा नयाँ लगानीकर्ताको संख्या उल्लेख्य मात्रामा बढिरहेका छ। निषेधाज्ञाका कारण अन्यन्त्र लगानीको उपयुक्त क्षेत्र नभएकोले ठूला तथा साना लगानीकर्ताको लगानी गर्ने उपयूक्त क्षेत्र नेप्से बनीरहेको छ।

    यस्तै सस्तो ब्याजमा बैंकबाट लोन पाइनु लगाएतका कारण नेप्सेमा हरियाली छाइरहेको छ। सेयर बजारका जानकारहरुले भाइरसको प्रभाव अझै कायम रहेकोले नेप्से अझै बढ्दै जाने बताउँदै आईरहेका छन्।

    मंगलबार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन करिव १७ अर्बको कारोबार भएको छ। यस दिन २१८ कम्पनीका ३ करोड ५७ लाख ३७४ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ९५ करोड बढीको कारोबार भएको छ।

    आज होटल, माइक्रोफाइनान्स र लगानीबाहेक सबै समूहको सेयर बढेको छ। विकास बैंक समूहको सेयर तीन सय ९८ अकंले, फाइनान्सको एक सय ८५ अकंले, बैंकिङ समूहको सेयर २०, व्यापारको १९, जलविद्युतको ५८, जीवन बीमाको ६ सय ६९,  निर्जीवन बीमाको पाँच सय ५४, उत्पादनको एक सय २९ र अन्य समूहको सेयर ४५ अकंले बढेको छ।

    यस दिन विकास बैंक र फाइनान्स समूहका धेरैजसो कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। ३६ वटा कम्पनीको सेयर झन्डै १० प्रतिशतले बढेको छ।

    समग्र बजार बढे पनि मेरो लघुवित्त, सामुदायिक लघुवित्त, महिला लघुवित्त र हिमाल दोलखा हाइड्रो कम्पनीको सेयर दुई प्रतिशतभन्दा धेरैले घटेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार