Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयकाे अनुरोध


    मंगलबार, जेष्ठ २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनका धेरै खाली सिलिन्डरहरु व्यक्तिका घर, टोल र आइसोलेसन सेन्टरमा थुप्रिएको भन्दै ती सिलिन्डर उद्योगसम्म पुर्‍याइदिन आग्रह गरेको छ ।

    विभिन्न कारणले व्यक्तिका घर, टोल, विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा पुगेका सिलिन्डर अक्सिजन भर्न समयमा नै उद्योगहरुमा नपुग्दा अक्सिजन आपूर्तिमै समस्या हुने भन्दै मन्त्रालयले उद्योगमा पुर्‍याइदिन आग्रह गरेको हो ।

    ‘ती सिलिन्डरहरु समयमै भर्नका लागि सम्बन्धित उद्योगहरुमा नपुग्दा समग्र आपूर्ति प्रणालीमा असर गर्ने हुन्छ र अस्पतालमा जटिल उपचारमा रहनु भएका व्यक्तिहरुलाई अप्ठेरो पर्न जान्छ’ मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा अगाडि भनिएको छ ‘जुनसुकै व्यक्ति, संस्था, निकायहरुले जुनसुकै बहनामा लैजानुभएका अक्सिजन सिलिन्डरहरु यथासक्य चाँडो जुन उद्योगको सिलिन्डर हो, सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’

    कोरोना संक्रमित बिरामीका लागि अक्सिजन अत्यावश्यक हुने भन्दै खाली भएको सिलिन्डर उद्योगमा ल्याइदिन सरकारले आग्रह गरेको हो ।

    मन्त्रालयले अस्पतालमा जडान भएका अक्सिजन प्लान्ट वा ट्यांकरहरु जतिसक्दो चाँडो मर्मत गरी पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ । त्यस्तै अस्पतालमा अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न पनि आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार