Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बौद्धमा बोराभित्र पोको पारेको अवस्थामा जलेकाे शव भेटियाे


    मंगलबार, जेष्ठ २५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको बौद्धस्थित टाउनप्लानिङमा एक जनाको शव फेला परेको छ ।

    बोरामा पोको पारेको अवस्थामा शव फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

    मंगलबार बिहान घटनाको जानकारी पाएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह र महाशाखाका कुवेर कडायतसहितका प्रहरी अधिकारी घटनास्थल पुगेका थिए ।

    प्रहरीका अनुसार दुई साताअघि नै हत्या भएर शरीरका केही भाग मात्रै फ्याँकिएको पाइएको हो ।

    शव जलेको अवस्थामा रहेको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जलेको अवस्थामा रहेकोले शव महिलाको हो कि पुरुषको हो भन्ने पनि खुल्न नसकेकाे बताए ।

    अहिले तालिमप्राप्त कुकुरसहित प्रहरी घटनास्थलमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार