Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • होम डेलिभरी गर्ने कम्पनीहरूलाई निषेधाज्ञामा पनि नरोक्न सर्वोच्चको आदेश


    सोमबार, जेष्ठ २४ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञामा पनि अनलाइन व्यवसायलाई नरोक्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले अनलाइन व्यवसाय नरोक्न आदेश जारी गरेको हो ।

    ‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ(कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेशमा भनिएको छ । यो आदेशसँगै अनलाइन व्यवसाय निषेधाज्ञामा पनि सञ्चालन हुने अवस्था निर्माण भएको छ ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार