Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • ४,४७२ जना काेराेना संक्रमित थपिदा ६,९५१ जना संक्रमणमुक्त, थप ९२ जनाको मृत्यु


    सोमबार, जेष्ठ २४ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ६ लाख ६ हजार १५५ पुगेको छ । जसमा १२ हजार २ जनाको पीसीआर र ५ हजार ९०१ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म ४ लाख ९७ हजार ९६० जना कोरोना संक्रमणबाट निको भएका छन् ।

    यस्तै, पछिल्लो २४ घण्टामा ९२ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको मन्त्रालयले जनाएको छ ।

    यसअघि हिजो ३,४७९ जनामा संक्रमण पुष्टि हुँदा ६,६३६ जना डिस्चार्ज भएका थिए भने ९९ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार