Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिहेमा धेरै भिडभाड नगर्नु भन्दा प्रहरीमाथि नै आक्रमण, डिएसपीसहित ७ प्रहरी घाइते


    सोमबार, जेष्ठ २४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । रौतहटमा प्रहरी र स्थानीय बासिन्दाबिच आइतबार राति झडप हुँदा डिएसपीसहित सातजना प्रहरीहरु घाइते भएका छन् ।

    गरुडा नगरपालिका वडा नम्बर ९ गेडही गुठी टोलमा भएको झडपमा परि प्रहरीहरु घाइते भएका हुन् । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवम प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेसहित अन्य ६ जना प्रहरीहरु घाइते भएको रौतहटका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले जानकारी दिए ।

    घाइते भएका डिएसपी घिमिरेको टाउकोमा चोट लागेको छ । जिल्लामा जारी गरिएको निषेधाज्ञाको समयमा गेडही गुठी टोलमा बिहेमा आएका जन्ती र स्थानीयबासी ठूलो संख्यामा जम्मा भएर नाचगान गरिरहेको बेलामा प्रहरी पुगेको थियो ।

    प्रहरीले भिडभाड नगर्न आग्रह गर्दा स्थानीय र प्रहरी बिच झडप भएको हो । स्थानीयबासीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय २ जना नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार