Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • न्यायाधीश फोरमकाे चेतावनी, न्यायपालिकालाई कमजोर बनाउने कुनै पनि प्रयास क्षम्य हुँदैन


    सोमबार, जेष्ठ २४ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । न्यायपालिकालाई कमजोर बनाउने कुनै पनि प्रयास क्षम्य नहुने भन्दै पूर्व न्यायाधीश फोरम नेपालले चेतावनी दिएकाे छ ।

    फोरमले वक्तव्य जारी गरेर अदालत वा न्याय प्रणालीलाई बलियो बनाउनु प्रत्येक नागरिकको कर्तव्य भएको उल्लेख गर्दै यदि काेहि कसैबाट न्यायपालिकालाई कमजोर बनाउने प्रयास भए त्याे क्षम्य नहुने बताएकाे हाे ।

    फोरमले अदालतलाई कमजोर बनाउने कार्य भएमा न्यायीक प्रणालीमात्र नभई लोकतन्त्र नै कमजोर हुने भन्दै ध्यानाकर्षण गराएको छ ।

    वक्तव्यमा भनिएको छ, ‘कुनै कारणले जनताले न्याय पाउन नसके अराजक स्थितिले जन्म लिनेतर्फ सम्बन्धित सबैलाई सचेत तुल्याइएको छ ।’

    संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताका आधारमा पुनर्गठन गरेको इजलासलाई लिएर सरकारी पक्षले प्रश्न उठाएकोप्रति फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    न्यायाधीशका बारेमा खुला इजलासमा काननू व्यवसायीले प्रश्न उठाउन सक्ने तर सरकारले नै प्रश्न उठाउने तथा सार्वजनिक सञ्चार माध्यममा समेत ती कुरा आउनु आपत्तिजनक भएको फोरमले जनाएको छ ।

    वक्तव्यमा भनिएको छ, ‘हाम्रो कर्मथलो रहेको न्यायपालिका समक्ष अनगिन्ति चुनौती खडा हुन आएको देखिएकाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कुनै पनि मुलुकमा न्यायीक निकायको आँक्नै नसकिने महत्व रहेको हुन्छ, अझ लोकतान्त्रिक मुलुकको लोकतन्त्रको रक्षा गरि सबल बनाउने एकमात्र जिम्मा न्यायपालिका उपर रहेको हुन्छ । त्यसलाई कमजोर बनाउन गरिने कुनै क्रियाकलाप क्षम्य हुँदैन ।’

    Untitled-1_9OoOY53GJ6.jpgUntitled-2_TlDOIZKcgR.jpgUntitled-3_k4FVqD9rHp.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार