Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महन्थ ठाकुर निकट चार मन्त्री बर्खास्त


    सोमबार, जेष्ठ २४ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर समूह निकट चारजना मन्त्रीलाई मन्त्रीमण्डलबाट हटाएका छन् । 

    ठाकुर निकट भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो । 

    उपेन्द्र यादव निकट मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख डा. राजेश झाले आइतबार राति नै मन्त्रिमण्डलमा हेरफेर गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी जानकारी गराएको छ । 

    विज्ञप्तिमा मुख्यमन्त्री राउतलाई नै भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ । अन्य मन्त्रीहरुको मन्त्रालय भने यथावत छ । प्रदेश २ मा जसपाका उपेन्द्र यादव पक्षले कांग्रेसको समर्थनमा सरकार बनाउने प्रयास थालेको छ । 

    केन्द्र सरकारमा जसपाका ठाकुर पक्ष सहभागी भएपछि प्रदेशमा त्यसको असर परेको हो। अन्नपुर्ण दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार