Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेकर्ड तोड्दै नेप्सेले पार गर्यो २९ सयको विन्दु, १७ अर्बभन्दा बढीको कारोबार


    आइतबार, जेष्ठ २३ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाण्डौं । साताको पहिलो दिन आइतबार सेयरर बजार परिसूचक नेप्से ५० अकंले बढेर पहिलो पटक २९ सय विन्दुलाई पार गरेको छ । अनइतबार नेप्से ५० दशमलव १३ अकं बढेर २९ सय ६ दशमलव ८९ विन्दुमा पुगेर बन्द भएको छ । यो नेपालको सेयर बजार इतिहासमा सबैभन्दा उच्च विन्दु हो।

    नेप्से परिसूचक बढ्दा त्यसलाई कारोबार रकमले पनि साथ दिएको छ। आइतबार एकै दिन १७ अर्ब २७ करोड बढीको सेयर खरिद बीक्रि भएको छ । आज तीन करोड ७४ लाख कित्ता सेयर १७ अर्ब २७ करोड १७ लाख रुपैयाँमा कारोबार भएको हो ।

    यस दिन बैंकिङ समूहको सेयर ६९ दशमलव ८५ अंकले बढेको छ। त्यस्तै विकास बैंकको सेयर ९६ अंक, फानाइनान्सको २८ अकं, अन्यको ६७ र माइक्रोफाइनान्स र लगानी समूहको शेयर चार÷चार अङ्कले बढेको छ । व्यापार, होटल, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन समूहको सेयर भने घटेको छ ।

    आज सबैभन्दा धेरै महिला लघुवित्त, गुडविल फाइनान्ससहित पाँच कम्पनीको सेयर १० प्रतिशतले बढ्दा राधी जलविद्युत् कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै नौ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार