Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश २ को जसपा संसदीय दलको नेतामा लालबाबु राउत


    आइतबार, जेष्ठ २३ २०७८
    3.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टीले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ।

    पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकले संसदीय दलको नेतामा राउतलाई चयन गरिएको जसपा स्रोतले जानकारी  दिएको छ।

    संसदीय दलमा चयनसँगै आजै प्रदेशसभा सचिवालयमा पत्र सहित जानकारी गराइने भएको छ । यससँगै प्रदेशमा समेत सत्ता समीकरण फेरबदल हुने सम्भावना बढेको छ ।.

    केन्द्रमा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ मा समेत सरकार परिवर्तन हुने चर्चाबीच अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा बैठक बोलाएर संसदीय दलको विधान पारित गराउनका साथै संसदीय दलको नेता समेत चयन गराउन लगाएका हुन्।

    तत्कालीन समाजवादी पार्टीका ३० जना र तत्कालीन राजपाबाट ६ जना प्रदेश सभा सदस्य गरी ३६ जनाले निर्णयमा हस्ताक्षर गरेको बताइएको छ।

    ३६ भन्दा बढी प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आजै प्रदेश सभा सचिवालयमा लालबाबु राउत संसदीय दलको नेता चयन भएको जानकारी गराउन लागिएको छ।

    प्रदेश २ मा तत्कालीन समाजवादी पार्टीका ३० र राजपाका २५ सांसद छन्। तालमेल गरी चुनाव लडेका यी दुईले समाजवादीका नेता राउतको नेतृत्वमा प्रदेश सरकार बनाएका थिए। गत वर्ष पार्टी मिलेर एक भएपछि एकीकृत पार्टीको संसदीय दलको नेता चयन भएको थिएन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार