Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चका ११ न्यायाधीशले संसद विघटनविरुद्धको मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन पेश (निवेदनसहित)


    आइतबार, जेष्ठ २३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सर्वोच्च अदालतमा कार्यरत ११ न्यायाधीशले संसद विघटनविरुद्धको मुद्दा हेर्न नमिल्ने भन्दै सत्तापक्षका वकिल राजाराम घिमिरेले निवेदन पेश गरेका छन् । 

    अधिवक्ता घिमिरेले निवेदन फिर्ता नलिए मानहानीको मुद्दा चलाउने प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले चेतावनी दिएका छन् ।

    अधिवक्ता घिमिरेले पेश गरेको निवेदनमा ११ न्यायाधीशहरु दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी र वमकुमार श्रेष्ठले संवैधानिक इजलासमा केपी ओलीविरुद्धको मुद्दा हेर्न नमिल्ने तर्क गरेका छन् ।

    अधिवक्ता घिमिरेले कुन न्यायाधीश कुन पार्टीको सरकारका पालामा नियुक्त भएका हुन् भन्ने आधारमा मुद्दा हेर्न नमिल्ने जिकिर गरेका कारण प्रधानन्यायाधीश राणाले आपत्ति जनाएका हुन् ।

    Nibedan-1_QilZ2lmysu.jpg

    Nibedan-2_ZUmXWROEJT.jpgNibedan-3_v8ib0NS4oM.jpgNibedan-4_2yONh9HLBT.jpgNibedan-5_r7TUJS1a2N.jpgNibedan-6_6FSbUsyOoa.jpgNibedan-7_TakD8O13YG.jpgNibedan-8_1vmAvioOf5.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार