Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामा सात सयले बढ्यो सुनको मूल्‍य, ताेलाकाे कति ?


    आइतबार, जेष्ठ २३ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । गत शुक्रबार एकैदिन १५ सयले घटेको सुनको भाउ शनिबार विदापछि आइतबार पुनः बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार छापावाल सुनको भाउ तोलाको ९४ हजार एक सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

    आइतबारका लागि तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १३ सय ४० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आइतबारको खरिद बिक्री मूल्य १३ सय ५५ रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार